थप १५० जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

यसदिन थपिएका कोरोना संक्रमितमध्ये जना काठमाडौंका आठ जना र ललितपुरका एक जना रहेका छन् ।