सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् ।
मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।
ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गत शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई परिबन्दमा परेर शीतल निवास पुगेको बताएका थिए ।