सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भुसको आगो झैं सल्किएको आगो निभ्ने अबस्थामा पुगेको छ । समाचार स्रोतका अनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा पार्टी भित्र बढेको असमझदारीलाई व्यवस्थापन गर्नेगरी सहमति बनेको समाचार स्रोतले बताएको छ । आज दिउँसो करिब चार घन्टासम्म चलेको पार्टी सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

पार्टीका अर्का अध्यक्ष दाहालसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् । तर नेताहरुले प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् । विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
यसैबीच अध्यक्ष ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा शनिबार दिउँसो सम्पन्न नेकपा सचिवालय बैठक सकिएलगत्तै पार्टीका दुई अध्यक्षहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
बालुवाटारमा सचिवालय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष दाहाल शीतल निवास पुगेका हुन्।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक सकिएपछि सहमतिबाटै सबै विषय टुंग्याउने सहमति बनेको जानकारी दिएका थिए। यसअघि दुवै अध्यक्षबीच बालुवाटारमा एक्लाएक्लै वार्ता पनि भएको थियो।
दाहाल र ओली एकैसाथ राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानु नेकपाभित्रको विवाद सल्टिएको संकेतका रुपमा हेरिएको एक नेकपा नेताले जानकारी दिए।