सिन्धुलीमा सरकार विरुद्ध नेकपाका युवा विद्यार्थीको प्रदर्शन, विधी र पद्धति मान्न दबाब

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए ।

No description available.

राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा भएका ओली र नेपाल दाहालका पक्षधर कार्यकर्ताले समर्थन र विरोधमा नारावाजी गरिहेका बेला सिन्धुली जिल्लामा पनि त्यही क्रम दोहोरियो ।

No description available.


आज सिन्धुलीमाढीमा नेकपाको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र अनेरास्ववियुको व्यानरमा हँसिया हथौडा अंकित झण्डा वोकेकाहरुले सरकारले सुशासन कायम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

No description available.

‘तिमी पार्टी मान्दैनौ, पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं, व्यक्ति होइन नीति प्रधान पार्टी निर्माण गरौं, सिमा अतिक्रमण बन्द गर, नागरिकता विधेयक लागु गर,’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका युवाहरुको मोटर साइकल ¥यालीले बजार परिक्रमागरी पार्टी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । युवा विद्यार्थीले बुझाएको ज्ञापनपत्र बुझ्दै नेकपाका कार्यालय सदस्य पानीराज बम्जनले युवा विद्यार्थीको आवाजलाई आफुले पार्टी हेडक्वार्टरसम्म पु¥याउने बचन दिएका थिए ।

No description available.


हामीले पार्टी एक ढिक्का बनाउनका लागि दबाब दिएका हौ, राष्ट्रिय युवा संघ नेपालका सिन्धुली इन्चार्ज भुलबहादुर राना(अबिरल)ले भने, नेकपा सधै एक ढिक्का भई जनभावनाको सम्मानका साथै राष्ट्र र राष्ट्रियताको माहोल अग्रणी भुमिकामा रहोस् भन्ने हो ।
स्मरणीय छ, ¥यालीपछि आयोजित कार्यक्रममा उनीहरुले नेकपाका केन्द्रिय सदस्य कमलजंग राइलाई ज्ञापनपत्र बुझाउने पुर्व निर्धारित कार्यक्रम रहेपनि राई पार्टी कार्यालयमा नआएपछि कार्यकर्ताले ज्ञापन पत्र लिएर बुझाउन कार्यालयमा गएपनि केहिबेर कसले ज्ञापन पत्र बुझ्ने भन्नेमै अन्यौलता छाएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार आफ्नो नेता कार्यालयमा नआएपछि आक्रोसित बनेका युवाहरु उनलाई भेट्न निवासमै पुगेका थिए ।
हाम्रो संगठनको संलग्नता छैन
यसैबीच अनेरास्ववियु र युवा संघ नेपाल सिन्धुलीले एक विज्ञप्तीजारीगर्दै संयुक्त ¥याली ब्यानरमा लेखिएपनि उक्त प्रर्दशनमा आफ्नो संगठन सहभागि नभएको बताएका छन् । युवा संघका सह संयोजक देवराज वाइवा र अनेरास्ववियुका जिल्ला संयोजक गोकर्ण भुजेलले विज्ञप्ती जारी गरेर संगठनको विधी पद्धतिलाई उलंघन गर्नेमाथि कारबाही गर्न जिल्ला नेतृत्वलाई अग्रह गरेका छन् ।
हिजो मात्रै ओली समर्थक युवाहरुले सिन्धुलीमा प्रदर्शन गरेपछि आज त्यसको जवाफ दिंदै नेपाल दाहाल पक्षधरले प्रदर्शन गरेका हुन् ।