भारतीय च्‍यानलविरुद्ध डिजिटल टीभी अपरेटरहरु संगठित

भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका डिजिटल टीभी अपरेटरहरु संगठित भएका छन्।

भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताए।

भारतीय च्यानल आ-आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडि बढ्ने निर्णय भएको उनले बताए।

अहिले नेपालमा जी न्युज, आजतक लगायतका समाचार च्यानलहरुको प्रशारण बन्द रहेको छ। सेवा प्रदायकहरु अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल मार्फत एकजुट भएर हुने भएका हुन्।

डिसहोम, प्रभु टिभी, क्लियर टिभी, म्याक्स टिभी, मेगा टिभी, मेरो टिभी, नेट भिटी, सुविसु टिभी र भायो टिभी लगायतका प्रदायकहरु संगठित भएका हुन्।