नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाध्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुष रहेका छन्।