उपत्यकाको आकाशमा देखिन थाले सलहको लस्कर

भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह कीरा काठमाडौं उपत्यकाको आकाशमा देखिन थालेका छन्।

सलह आएपछि आकाशमा चराचुरुङ्गीको चहलपहल देखिएको छ। सलहको आगमनले  चराचुरुङ्गीको आवाज बढेका कारण मानिसहरु विभिन्न ठाउँमा सलहको लस्करलाई नियालिरहेको दृश्य देखिएको छ। सामाजिक सञ्जालमासमेत काठमाडौं उपत्यकामा सलह देखिएको भन्दै पोष्टहरु भएका छन्।

कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार नेपालमा सलह दुई दर्जनभन्दा बढी जिल्लामा पुगिसकेको छ।  गएको शनिबार भारतसँगको सीमा जोडिएका दिक्षणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।