नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरु मध्ये २१४२ संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको डा. गौतमले जानकारी दिए ।
सोमबार ७४ जना महिला र ४६१ जना पुरुष गरी थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। तीमध्य ८ हजार ६६७ जना पुरुष र ८९४ जना महिला छन्।
यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ३७० जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्य ३२ जना महिला र ३३८ जना पुरुष छन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ।
तीमध्ये १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन्। हालसम्म नेपालमा २३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।