नेपालमा १ लाख ३३ हजार क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडिटी विधिबाट ८ हजार ६१५ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ३८ हजार ६८३ र आरडीटीबाट २ लाख १९ हजार ३३६ वटा परीक्षण भएको जानकारी दिए।

डा.देवकोटाका अनुसार हाल देशभर १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै देशभर हाल आइसोलेसनमा ५ हजार १ सय ५१ जना रहेका छन्। डा.देवकोटाका अनुसार देशभर हाल ४९९ जना रेड जोनमा परेका छन्, तीमध्य गत चोबीस घन्टामा १ जना रेड जोनमा परेका हुन्।