अब पीसीआर परीक्षण निजी प्रयोगशालाहरुबाट पनि

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

सरकारले निजी प्रयोगशालाहरूलाई समेत कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।

स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्न दिइने भएको हो।

आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्ने बताए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नौ वटा निजी प्रयोगशालाहरूले आवदेन दिए पनि कुन–कुन प्रयोगशालालाई परीक्षण अनुमति दिने भन्ने कुराको टुङ्गो लागेको छैन।

पछिल्लो समय संक्रमितको संख्या दिन प्रति दिन बढ्दै जाँदा संकलन गरिएका नुमना क्यूमा बस्न थालेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिन लागेको हो।