अमेरिकामा अर्का अश्वेतको प्रहरीबाट भएको हत्यापछि तीव्र आलोचना

अमेरिकाको एट्लान्टामा प्रहरीले पक्राउ गर्ने क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको आलोचनाले पुनः ताजा रुप लिएको छ ।

जर्ज फ्लोइडको निधनबाट सुरु भएको आन्दोलन उत्कर्षमै रहेका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

२७ वर्षका २७ वर्षका रेशर्ड ब्रूक्शको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनलाई प्रक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

घटनापछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएकी छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् ।

प्रहरीले पक्राउ गर्ने क्रममा प्राणघातक हतियार चलाएको घटनाको विरोध भइरहेको छ।

घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले शनिबार राजीनामा दिएका एट्लान्टाकी मेयर किशा लान्स बटम्सले जानकारी दिएकी थिइन् ।

ब्रूक्सको निधनपछि आन्दोलन थप चर्किएको छ । जर्जसँगै ब्रूक्सको न्यायका लागि माग गरिएको छ । अफ्रिकन–अमेरिकनमाथि हुँदै आएको विभेद र ज्यादति अन्त्यका लागि अपिल गरिएको छ ।