सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गर्दै नेकपा यहाँसम्म आएको बताएका छन् ।
शान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर नेकपा अघि बढेको बताए । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा राख्दै राजतन्त्र गुमाएर गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको पनि बताए ।