जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने-लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखिनै नेपाली भूभाग

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशोधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा राखेका हुन् । उनले यो सामान्य प्रस्ताव नभएको बताउँदै देशको भूमिको सवाल, नेपालको नक्सामा राख्ने सवाल सामान्य विषयवस्तु नभएको बताउँदै राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएको स्पष्ट पारे ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूचीमा राख्ने संशोधन प्रस्ताव सदबाट पारित गर्न आएको बताउँदै नेपाली जनताको लागि धेरै महत्वपूर्ण रहेको बताए ।

हिमाल, पहाड र तराईका नेपाली आफ्नो भूमिप्रति संवेदनशील रहेको बताए । भारतीय सीमामा मधेसी जनताले लडेको छ , त्यहाँ नेपाली सेना राख्न जरुरी छैन भन्ने बताउँदै जस्तो पीडा भए पनि त्यहाँका जनताले सहेर भारतीयसँग लडिरहेको उनले बताए ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखि नै नेपाली भूभाग भएको उनले स्पष्ट पारे ।

मधेसी जनता पनि राष्ट्रवादी भएको धेरै इतिहास भएको बताउँदै उनले काजगमा मात्र भएर हुँदैन व्यवहारिक रुपमा पनि भूभाग फिर्ता ल्याउन सरकारसँग आग्रह गरे ।

नेपाल र भारतको सम्बन्ध सिंहदरबारले नबनाएको बताउँदै जनताले बनाएको स्पष्ट गरे ।