सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले नियमित औषधी सेवन र चेकजाँज गर्नुपर्ने विरामीहरुलाई निर्धक्क भएर अस्पतालमा आएर चेकजाँच गर्न अपील गरेका छन् । उनले कोरोना संक्रमणले भन्दा नियमति चेकजाँच र औषधी अभावमा दिर्घरोगीहरुको ज्यान जाने खतरा बढेर गएको बताउँदै अध्यक्ष पोखरेलले भनेका छन्ः अहिले थुप्रै जेष्ठ नागरिक,नियमित औषधि सेवन गर्नु हुने बिमित धेरै हुनुहुन्छ तर कोरोनाको डरले उहाँहरु अस्पताल आउन डराइ रहनु भएको छ, उहाँहरुको नियमित जांच गर्ने बेला भएको छ र अस्पताल चेक गर्न तयार छ म आग्रह गर्न चाहान्छु, ती नियमित औषधि सेवनकर्ताहरुलाई सामान्य सुरक्षा अपनाएर अस्पतालको पहुँचमा ल्याउं नियमित जांच गराउँ । यहाँ त कोरोनाको त्रासले भन्दा अरु रोगले धेरै मानिसहरुको ज्यान जोखिममा छ । मलाई गाली गर्दै गरौं, कमजोरी औंल्याउँ, सरापौं म सहुंला तर तपाईंको घरमा नियमित औषधि सेवन कर्तालाई असर नपुर्याउन हुन म विनम्र अनुरोध गर्दछु।हामी सङ्ग पर्याप्त औषधि छ डाक्टरहरु हुनुहुन्छ।
अध्यक्ष पोखरेलले अगाडि भनेका छन्ः हामी सकारात्मक कुराको पछि लाग्दैनौ, सबै कुराको समय आए पछि खुल्दै जाला सत्य तथ्य। अहिले लक्डाउन भएको तीन महिना पुग्नै लाग्यो,तीन जाना संक्रमित सिन्धुली अस्पतालमा उपचाररत छन्, उनिहरुको स्वास्थ अवस्था राम्रो छ, खानपिन लगायत सबै कुराको हाम्रो अस्पतालको औकातले भ्याएको गरेका छौँ । लाग्छ उनिहरु खुसी छन्।
हामी सकेको सेवा दिन तैयार छौं।तपाईं हाम्रो प्रयासले अस्पतालमा केही सुधारका संकेतहरु देखिएको छ,हाम्रो प्रयास जारी छ आउनुहोस् पहिले स्वस्थ रहौं,अनि कहिँ कतै कमजोरी रहेको भए सच्याउँ । तथ्यपरक कुरा गरौं ।मिलेर अस्पतालको उन्नति गरौं, यो संकट्पूर्ण घडीमा सबैले सबैलाई हातेमालो गरौं । सकारात्मक सोचौं।