थुइक्क शिक्षकको जिन्दगी !

टोमप्रसाद काफ्ले

यत्रो महामारीको चपेटामा गुजुल्टिएको छ।परिवारका सबै सदस्यहरु एक ठाउँमा जम्मा भएर बसेका छन्।बाहिरफेरो निस्कन हिँड्न सकिएको छैन।अरु बेला भन्दा खाने मुखहरु झन चम्किएका छन्।अतिरिक्त अायका कुनै पनि सम्भावना र गुन्जायस शिक्षकको अगाडि छैनन्।मलाई लाग्छ धेरै कमले मात्र स्वाभिमान गिराएका होलान्!घरदैलोमा सिँहदरवार अाए पछि स्थानीय तहको प्रशासनिक इकाईले चुस्त दुरुस्त काम गर्ला भन्ने लागेको थियो।बरु तत्कालीन अवस्थामा रहेको जि शि का मार्फतनै शिक्षकका कामहरु सजिलोसँग सम्पन्न हुन्थे। त्यस्तो कुरा सोच्ने र व्यवहार गर्ने कुरो त कहाँ हो कहाँ अाफ्नो भूँडि भरिए पछि अरुको पनि भरिएको होला भन्ने सोच र सँस्कार भएको कस्तो निजामती प्रशासन! अघिल्ला महिनाहरु बित्दै गए तर त्यो बबुरो शिक्षकको तलब छैन। बैशाख बित्यो तलब छैन जेठ बित्यो तलब छैन असार पनि लाग्दैछ सायद मसान्त भन्दा पर त पुर्याउन सक्लान् नसक्लान् हेर्दै जानू पर्नेछ।त्यतिकै समाजमा द्वन्द्व सिर्जना हुने र विद्रोह जन्मने अवस्था अाउँदो रहेनरछ।यस्तै यस्तै विभेदकारी व्यवहार नै चरम असन्तुष्टिका कारक बन्दा रहेछन्। के गर्न खोजेको होउ सरकारका स्थायी मानिने लेखा प्रशासनका साहुहरु?के तलब नियमित र महिनावारी खान नारा जुलुस लाउनुपर्ने हो ??
स्थानीय तहका सरकार प्रमुखहरुले विद्यालयमा काम गर्ने सबै प्रकारका बेतनभोगी शिक्षाकर्मीहरुले अब उप्रान्त मासिक रुपमा तलबभत्ता पाउने विषयमा सार्वजनिक रुपमा प्रतिवद्दता गरिरहनुहँदा त्यहाँका कारिन्दाले जहिले पनि निर्वाचित निकायलाई असफल बनाउन खोज्दा रहेछन् भन्ने व्यवहार र कार्यशैली छर्लङ्ग उदाङ्गो भइरहेको छ,यश बारेमा सम्बन्धित सरोकावालाहरुमा यथोचित ध्यान पुगोस् सबैलाई चेतना भया, ज्यादै निरास,निरीह र दिक्क भएर जिज्ञासा घोप्ट्याएँ ! -टोमप्रसाद काफ्ले

साभारः काफ्लेको फेसवुक वालबाट ।