
पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य २३० जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ जना पुगेको छ । ती मध्य चार हजार दुई सय ८५ र तीन सय २९ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा निको भएर डिस्चार्ज हुनेको संख्या १८७ रहेको छ जसमध्य ८९ जना महिला र १७९ पुरुष रहेका छन् ।
हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ८६१ जना छन् जसमध्य ८७ महिला र ७८४ पुरुषहरु रहेका छन् ।










