सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास मन्त्रालयबाट उक्त सूचना पाएको जानकारी दिए। आज संक्रमण पुष्टि भएका दुवै जना भारतबाट आई माझीटारको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमण भएसँगै उनीहरुलाई सिन्धुली अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ । उनीहरु दुवैमा कुनै पनि लक्ष्यण देखिएको छैन ।
हिजो मात्रै सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा कोरोना स क्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आई उक्त क्वा रेन्टीनमा बस्दै आएका ती व्यक्तिको बुधबार बाग्मती प्रादेशीक अस्पताल हेटौंडामा पि सिआर विधिबाट स्वाब परिक्षणका क्रममा नतिजा कोरोना पोजेटिभ आएको हो ।
यस सिन्धुली जिल्ला घर भई काठमाडौ बस्ने एक महिलामा कोरोना पुष्टि भएको थियो ।