नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुग्यो २ सय ६ जना निको भएर घर फर्किए, संक्रमण ५२ जिल्लामा फैलियो

नेपालमा कोरोना संक्रमितको १२ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेकाे छ।

भारतबाट फर्कनेहरुको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन्। साथै कोरोनाको संक्रमण ५२ जिल्लामा फैलिएको छ।