सिन्धुली जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाइएको अधिकांश रिपोर्टको नतिजा नेगेटिभ आएको छ । समाचार स्रोतका अनुसार सिन्धुली अस्पतालबाट पठाएको स्वाब परिक्षणहरु मध्ये सात जनाको भने रिपोर्ट आउन बाँकी रहेको हेटौडा प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।
सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणमा अधिकांशको रिपोर्ट पोजेटिभ आएको थियो । यसैबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री र सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल लाई कोरोना संक्रमण भएको हल्ला चलाएको भएपनि उनको आरडिटी र पिसिआर दुवैमा नेगेभिट आएको थाहा लागेको छ ।
यसैबीच अध्यक्ष पोखरेलले सामाजिक सञ्जाल मार्फत सिन्धुली जिल्ला पूर्ण रुपमा कोरोना मुक्त भइनसकेको र उच्च जोखिम कायमैं रहेकाले सर्तकता अपनाउन आग्रह गरेका छन् । उनले जेष्ठ नागरिक र १२ वर्ष भन्दा कम उमेरका लाई सुरक्षित राख्न र व्यक्तिगत सरसफाईमा ध्यान दिन जिल्लावासीलाई सुझाएका छन् ।
अध्यक्ष पोखरेलले अगाडि भनेकाछन्ः केही दिन यता उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो अछुतको व्यवहार गर्ने, आफैं बिज्ञ नबन्न र सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै लेख्नु पर्छ किनकी कोरोना संक्रमणसँग अन्तिमसम्म लड्ने स्वास्थ्यकर्मी नैं हुन् ।
