थप दुई जनामा कोरोना पुष्टि, नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुग्यो

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।

यस्तै धुलिखेल अस्पतालमा निधन भएकी महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।