कोरोनाबाट निधन भएकी महिलाको पशुपतिको विद्युतीय शवदाहस्थलमा अन्तिम संस्कार

कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ।

उनको बिहीबार बेलुकी निधन भएको थियो।

शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

उनको शव धुलिखेल अस्पतालबाट शनिबार राति नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थल ल्याई अन्तिम संस्कार गरिएको छ।