थप ६ जनामा कोरोना संक्रमण पुष्टि, सिराहामा पनि भेटियो

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वषीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही रामपुर ४ की १८ वर्षीया किशोरी, चितवन गडौली १ निवासी २५ वर्षीया महिला रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा रहेका डा. अधिकारीले बताए ।

शुक्रबार नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ७३ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।