देउसीको पैसाले पिकनिक खाएको होइनः समिति

सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा भनिए जस्तो माइस्थान सिरमा पिकनिक संस्थाको पैसाले नभई आफ्नै व्यक्तिगत पैसाले गएको लिखित रुपमा बताएका छन् ।
उनले प्रेसित गरेको पत्रमा देसी भैलोबाट उठेको रकम ३० हजार रुपैयाँ मध्ये २५ हजारमा मादल, साउण्ड सिस्टम खरिद गरेको, ३ हजार रुपैयाँ मिर्गौला पीडित बादल विक लाई हस्तान्तरण गरेको र बाँकी २ हजार संस्थाको खातामा सुरक्षित रहेको बताएका छन् । उनले संस्थाले निरन्तर मानवीय सेवामा समर्पित भई काम गरिरहेको पनि दाबी गरेका छन् ।