सिन्धुली उद्योग बाणिज्य संघद्धारा आज साँझ दिप प्रज्वलन, भोली बजार बन्द गर्ने निर्णय

सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ ।

संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन बजार बन्द गर्न राखेको प्रस्तावलई सर्वसम्मतीले नर्णिय गरेको छ ।
त्यसैगरी संघले आन्दोलनका क्रममा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै युवा पुस्ताले उठाएका मागहरुलाई संबोधन गर्न र जन धनको क्षति रोक्न सरोकारवाला निकाय समक्ष आग्रह गरेको छ । संघले भोलि बुधबार सिन्धुलीका सम्पूर्ण उद्योगी व्यापारी लाई आफ्नो व्यापार व्यवसाय बन्द गर्न अपिल समेत गरेको छ । बैठकमा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, केन्द्रिय सदस्य तथा पूर्व पदाधिकारीहरुको सहभागिता रहेको थियो ।