कोरोना त्रासले मदन भण्डारी राजमार्गको निर्माण रोकियो

भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएसँगै उनले खाना खाएको सिन्धुलीको भिमान क्षेत्रमा निर्माण जारी रहेको मदन भण्डारी राजमार्गको निर्माण कार्य रोकिएको छ ।
कोरोना संक्रमणको त्रासपछि भिमान बजारमा रहेका रड तथा सिमेण्ट पसलहरु बन्द भएपनि निर्माण सामाग्रीको अभावमा राजमार्गको काम रोकिएको कमलामाई नगरपालिका वडा नं. ९ का अध्यक्ष देवराज पौडेलले जानकारी दिए । उनका अनुसार कामदार मजदुरहरु पनि कोरोना त्रासका कारणले कामनगरी हिंड्न थालेका छन्