नेसपा नेता गंगानारायण श्रेष्ठ माओवादीमा फर्किंदै

सिन्धुलीः नेपाल समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरु जेठ १२ गते माओवादी केन्द्रमा समाहित हुँदैछन् ।
समाचार स्रोतका अनुसार राजधानी काठमाडौको नयाँवजारमा आयोजित एक कार्यक्रममा बीच श्रेष्ठ, सिन्धुलीकै सुरथवहादुर स्याङ्तान, बन्दना सुवेदीसहित एक दर्जन नेताहरु सोही दिन माओवादी केन्द्रमा बिनासर्त माओवादीमा फर्किन लागेका हुन् । जेठ १२ गते आफ्‌ना भाईको स्मृति दिवशको दिन पारेर पुरानै घर फर्कने कार्यक्रम तय गरेको बताइन्छ । माओवादी केन्द्रका एक पदाधिकारीले श्रेष्ठ पुरानै घरमा फर्किएपछि सिन्धुली माओवादी अझ बलियो हुने विश्वास गरे ।
कुनै नाटकिय घटना नभए एक साता अगाडि तय भएको कार्यक्रम सम्पन्न हुनेछ । सिन्धुली माओवादी केन्द्रमा पार्टी संस्थागत र विधीसम्मत ढंगले सञ्चालन गर्ने र नगर्ने बीचको किचलो पार्टी हेर्डक्वार्टरसम्म पुगेका बेला नेता श्रेष्ठको माओवादी प्रवेशले अर्थ राख्ने बताइएको छ ।
दुई घारमा बिभाजित बनेको देखिएको सिन्धुली माओवादीको संस्थापन पक्ष र इतर पक्ष मध्ये श्रेष्ठ कता उभिन्नछन् त्यसलेनैं उनको राजनैतिक भविश्य निर्धारण हुने आँकलन गरिएको छ । बलियो बन्दै गएको सिन्धुली माओवादीको संस्थापन पक्ष र कमजोर बनिरहेको इतरपक्षको गतिविधीले पनि श्रेष्ठलाई संकटमा पार्ने अनुमान केहीले गरेकाछन् । तर श्रेष्ठका विगतका सहकर्मीहरु भने पार्टीको संस्थापन पक्षसँगै रहेकाले उनी इतरपक्षमा जोडिने संभावना कमजोर रहेको एक माओवादी नेताले बताए ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट सिन्धुलीको क्षेत्र नं २ को ख बाट प्रदेशसभा सदस्य बनेका श्रेष्ठ पार्टीलाई विधीसम्मत ढंगले सञ्चालन गर्नुपर्छ भन्दा भन्दा डा. बाबुराम भट्ठराईसँगै नयाँ शक्ति निर्माणमा होमिएका थिए ।
देशैभर रहेका बाबुराम समर्थक नेता कार्यकर्ताहरु सम्मिलत नयाँ शक्तिले बजारीकरण गर्न नसकेपछि विभिन्न साना दलसँग एकता र मोर्चाबन्दीगर्दै आएको नयाँशक्ति विभाजित बनेको थियो ।-जनप्रिय साप्ताहिकबाट