भिमानका वडा अध्यक्ष देवराज पौडेल भन्छन्ः घरबाट कोही पनि बाहिर ननिस्कनुस्, केही सामान चाहिए मलाई फोन गर्नुस् होम डेलिभरी हुन्छ

देवराज पौडेल , वडा अध्यक्ष कमलामाई ९ भिमान । फोटोः प्रदेशखवर


कोरोना भाइरसको संक्राण बढेपछि तराईसँग प्रत्यक्ष जोडिएको र राजमार्गबाट मानिसहरु रात दिन हुँईकिरहने क्षेत्र भिमाननैं भएकाले पनि म अत्यन्त संवेदनशिल, चिन्नित र त्रसित बनिरहेको छु । अझ पछिल्लो समय भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएको र उनले भिमानमैं खाना खाएर गएको कन्ट्रायाक्ट ट्रेसिङमा देखिएपछि स्थानीय वडावासी दाजु भाई दिदी बहिनी मात्रै होइन म आफैं पनि त्रसित भएको छु ।
भिमान बजार अघोषित कफर््यु लगाएजस्तै भएको छ । कोही पनि नागरिकहरु यहाँ निस्किएका छैनन् । झुम्काकी स्टाफ नर्सले खाना पाएको र त्यसको दायाँ बायाँका घरमा रातो स्टिकर लगाएर शिल गरिएको छ भने खाना खुवाएको घरका मानिसको सम्पर्कमा आएका १९ घरका मानिसलाई सेल्फ आइसोलेसनमा राखिएको छ । आजै रेड स्टिकर लगाएको र त्यसमा पनि खाना खुवाउने सहित १० जनाको कोरोना जाँचका लागि चिकित्सकहरुको टोलीले स्वाब लिएको छ । त्यसको रिपोर्ट आउन २४ घण्टा लाग्ने भएकाले पनि भिमान बजारका स्थानीय आतंकित छन् ।
यहाँका खाद्यान्न, सिमेण्ट रड सबै पसलहरु बन्दछन् । त्यसैले मैंले सम्पूर्ण वडावासीलाई भनेको छु, तपाईहरु घर बाहिर ननिस्कनुस् । केही सामान चाहियो भने मलाई फोन गर्नुस् घरमैं पठाईदिन्छौं । भिमानमा ४ वटा औषधी पसलहरु छन् । ती औषधीपसलहरु दिनको एउटा खोल्नेगरी व्यवस्थापन गरेका छौं । यस्तो जोखिमका बेला स्वास्थ्य र आफ्नो आनी बानीलाई सुधार्न सबै वडावासीलाई अपील गर्दछु । यदी तपाई घरबाहिर निस्कनुभयो भने त्यही लुगा लगाएर भित्र नपस्नुस् । नुहाएर सफा भएर मात्रै जानुन् । मैंलै पनि अहिले त्यही गरिरहेको छु । जीवन रहेमात्रै सबैथोक पाइन्छ भन्ने कुरालाई आत्मसात गर्न म सम्पूर्ण ९ नम्वर वडावासीमा अपील पनि गर्दछु ।

भिमान बजारको त्रासकै कारण आजबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य पनि रोकिएको छ । विकास निर्माणका कामहरु प्रभावित भएका छन् । कोरोनाले हाम्रो विकासको गतिलाई कति वर्ष पछाडि धकेल्ने हो त्यसको ठेगान छैन । त्यसैले सबैजना घरभित्रै बसौ, सुरक्षित रहौं । (लेखक कमलामाई नगरपालिका वडा नं. ९ का अध्यक्ष देवराज पौडेल हुन् ।) (साभारः कमलामाई फिचर सेवा)