ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्दा विश्व बजारमा सुन र तेलको मूल्य घट्यो

एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै, कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।

अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र बच्चा तेल भन्दा डलरमा बढी परेको हो । 

यसैबीच आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् । ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए । उनी ट्रम्पको चुनावी अभियानको मुख्य हिस्सै रहे । यसैबिच ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भनेका छन् । यसबाहेक पनि ट्रम्पले उनलाई अद्भुत पुरुष पनि भनेका छन् । अमेरिकामा ट्रम्प विजयी भएसँगै उनी ४७ राष्ट्रपति हुनेछन् ।