प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा भारतसँगको सीमा विवाद चर्किएका बेला विपक्षी दलका नेताहरुले सरकारलाई भारतसँग एक्लै र भारत चीनसहित त्रिविपक्षीय उच्चस्तरीय वार्ता तत्कालै अघि बढाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझपख बोलाएको सर्वदलीय बैठक सामेल प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, हालै गठित जनता समाजवादी पार्टीको नेता डा.बाबुराम भट्टराई, राजपाका नेता महत्थ ठाकुरलगायतले त्यस्तो सुझाव दिएका हुन्।
काँग्रेस सभापति देउबाले काली(महाकाली) पूर्वको सबै भूभाग नेपालको भएको भन्दै यो समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता अघि बढाउन सुझाव दिएको बताए।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकोमा कुनै शंका छैन। तर अब यो भूमि भारतबाट कब्जाबाट फिर्ता गर्न सरकार संवेदनशील र गम्भीर हुनुपर्छ भन्ने सुझाव दिएँ।’