कोरोना संक्रमण पुष्टि भएकी आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्सले भक्तपुर जाने क्रममा सिन्धुलीको भीमानमा खाना खाएर गएको थाहा लागेको छ ।
मंगलवार कोरोना संक्रमण पुष्टि भएकी ति युवती बैशाख २५ गते मोटरसाइकलमा झुम्काबाट कमलामाई नगरपालिका १० भिमान स्थित आफन्तजन ताराको घरमा खाना खाएर भक्तपुर पुगेकी थिइन् । उनको कोठा सल्लाघारीमा थियो। तर उनी त्यस बेला देखी भक्तपुरको थिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएकी थिइन। उनलाई मंगलबारै राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ।
यसैबीच ती युवतीले खाना खाएर गएको घरको टोललाई नै अहिले प्रशासनले शिल गरेको छ । उनले खाना खाएको घरका ६ जना परिवार र उनीहरुका छिमेकी गरी १९ जनालाई होम क्व रेन्टाईनमा राखि शिल गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । उनले खाना खाएको घरका परिवार र त्यो घरका परिवारले पनि अरु छिमेकी घरका परिवारलाई छोएको, अरुको घरमा बसेको हुन सक्छ । हामीले त्यही खोजेर उनीहरुको सम्पर्कमा आएका छिमेकी सहितलाई क्वारेन्टाईमा राखिएको छ । उक्त टोललाईनैं शिल गरिएको छ, प्रजिअ पाण्डेले भने। उनीहरुलाई अहिले सुरक्षाकर्मी सहित टोलशिल गरेर निगरानीमा राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर स्वाव संकलन गरेर कोरोना संक्रमण भए नभएको परिक्षण गरिने उनको भनाई थियो ।
सिन्धुलीमा स्वास्थ्य जाँचका लागि स्वाव परिक्षण किटको अभाव भएपछि भोली मात्रै काठमाडौबाट टोली सिन्धुली आउने बुझिएको छ ।