संघीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउनेगरी संविधान संशोधन हुँदैनः ईश्वर पोखरेल

सिन्धुलीः नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले संघीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन नहुने बताउन’ भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले संविधान संशोधन गर्न प्रमुख राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरुले सोधेको बिभिन्न प्रश्नहरुको उत्तर दिने क्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्षसमेत रहनु भएका पोखरेलले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरूसँग सहमति कायम गरेर मात्रै गरिने प्रष्ट पार्नुभयो ।
संविधान संशोधन विशेष गरी शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अंगसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगाएका विषयमा संशोधनको आवश्यकता देखिएको उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
नेकपा एमाले र नेपाली काँग्रेस बिच सत्ता सहकार्यपछि बनेको सरकारले जनताको भावना अनुसार काम अगाडि बढाएको उहाँको भनाई थियो । देशको आवश्यकताले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको बताउँदै नेता पोखरेलले निर्वाचनमा भने एक्ला एक्लै लड्ने दुई दलबीचको सहमति रहेको उल्लेख गर्नुभयो .
पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्नेमा जोड दिनु भएको छ । एमाले निणर्ायक राष्ट्रिय शक्ति बनेर अगाडी बढ्ने बताउँदै देशमा देखिएको संकटलाई थप बढ्न दिनु नहुने उहाँको भनाई छ । अहिले मूलुकमा देखिएको संकटपूणर् अवस्थामा होस् नपुर्याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउन सक्ने तर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो ः दुई ठुला दल बिचमा हामी छौं भन्ने भुल्नु हुँदैन, त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्छ ।
एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टी पङ्तीलाई अगाडी बढाउने र भएका कमी कमजोरीहरू लाई सुधार गर्ने अभियान नेकपा एमालेले निरन्तर चलाएको उहाँको भनाई छ । ‘अहिलेको संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि काँग्रेस र एमाले एक ठाउँमा आएर साझा कार्यक्रमहरु अगाडी बढेको उहाँले प्रष्ट पार्नुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले भन्नुभयो-अब आउने निर्वाचनमा प्रतिस्पर्धा गदैनौं भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुँदैनौ । कार्यक्रममा नेकपा एमाले सिन्धुली इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, निरु दर्लामीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष बिनय दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कणर् घिसिङ, नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरी घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।
यसैबीच नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सहजिकरण गर्नुभयो । पार्टीको दृष्टिकोण, आगामी रणनीति र पार्टी नेताहरुले खेल्नुपर्ने भूमिकाका विषयमा नेता पोखरेलले उपस्थित नेताहरुलाई प्रशिक्षित गराउनु भएको थियो ।