चाडवाड नजिकिएसँगै चेकजाँचमा कडाई, बढ्यो करछलीको घटना

सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा २ लाख भन्दा बढी मूल्यको केराउ बरामद भएपछि चाडवाडको पूर्व संध्यामा हुने अबैध करछलीको घटना बढ्न थालेको हो ।

भारतीय सिमा क्षेत्रबाट भन्सार छलेर लुकाई ल्याइएको भारतीय केराउ बरामद गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रदेशखबरलाई जानकारी दिए ।

उनका अनुसार वीरगन्जबाट काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ०४०२ नम्बरको बोलेरोमा अवैध रूपमा ल्याइएको ८५ बोरा केराउको मूल्य २ लाख १२ हजार ५०० मूल्य बराबरको रहेको छ । प्रहरीले सो केराउ कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । यस अगाडि पनि प्रहरीले एक गाडी अबैद्य कपडा बरामद गरेको थियो । सो कपडा सिन्धुलीकै व्यापारीको रहेको तथ्य खुलेको थियो ।