सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले आइतबार काठ बरामद गरेको छ । काठ ओसार प्रसारमा संलग्न व्यक्त भने प्रहरीलाई देखेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार आइतबार दिउँसो दुधौली नगरपालिका ८ देउराली स्थित फेदी खोरभञ्याङ सामुदायिक वनमा चोरी गरी लान तयारी अवस्थामा राखिएको सालको काठ बरामद गरिएको हो । ७ फिट लम्बाई भएको ५३ थान र ६ फिट लम्बाई भएको ४९ थान गरी जम्मा १०२ थानको ५७।५२ क्यु फिट चिरान काठ बरामद गरिएको उनको भनाई थियो । स्थानीय वासिन्दाका अनुसार सो चोरीमा साुमदायिक वन समूहका व्यक्तिहरुनैं संलग्न छन् ।