खयरले डिएफओ तानिए !

साउनको पहिलो साता भएको भनिएको खयर तस्करीमा संलग्न भएको आरोपमा लागेका जिल्ला वन कार्यालय सिन्धुलीका डिएफओ प्रल्हाद धितालको सरुवा भएको छ । उहाँको ठाउँमा दलीय भागवण्डामा आएका रविन्द्र भण्डारी कार्यालयमा हाजिर गरेर हिंडेका छन् । नेपाली कांग्रेसको भागवडामा सिन्धुली आएका रविन्द्रले सिन्धुलीका सामुदायिक बनमा काटिएका काठहरुको कसरी भागवण्डा मिलाउँछन् त्यो भने पछि खुल्दै जानेछ ।
सिन्धुलीसहित रामेछाप र सुनसरी जिल्लाका डिएफओको सरुवा भएको विवरण सन्देश जनप्रियलाई प्राप्त भएको छ । साउनको पहिलो साता रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार वटा मालवाहक ट्रक सुनसरी जिल्ला प्रशासनले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा तस्करीको खुलासा भएको थियो ।
सम्बन्धित जिल्लाबाट ट्रकलाई छुट पुर्जी दिँदा उल्लेखित परिमाणमानैं कैफियत भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताएका थिए । धरानमा रहेको सूर्य काष्ठ उद्योगको लगिएको सो ट्रकमा अवैध काठ धेरै भेटिएपछि अनुसन्धान अगाडि बढाएको थियो । ट्रकमा टाँचालगाएको भन्दा ठुलो परिमाणमा काठ भेटिएकाले संगठित मिलेमतो तत्कालिन आशंका पुष्टि भएको थाहा लागेको छ ।
रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार वटा मालवाहक ट्रकलाई प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएपछि खयरको काठ तस्करी भएको विषय बाहिर आएको थियो । वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भन्दै छुट पुर्जी दिएको थियो । तर, अनुसन्धानका क्रममा गणना गर्दा २ हजार ७३३ वटा भेटिएको थियो ।
अनुसन्धानका क्रममा वन कार्यालय रामेछापले काठमा लगाएको टाँचा समेत विधिपूर्वक नभएको पाइएको थियो । काठ बोकेको ट्रक एक दिन सिन्धुलीमा रोकिएर सुनसरी लगिएको थियो । सो खयरको छुट पुर्जी रामेछाप वनले दिएको थियो ।
बागमती प्रदेश ०१००६ ख २१११, बागमती प्रदेश ०१००६ ख ३३४९, मधेस प्रदेश ०३००२ ख ००९५ र कणर्ाली प्रदेश ०२००१ ख ०४१९ नम्बर को ट्रकमा रामेछापबाट लोड गरी सुनसरी पुर्‍याईएको तथ्य खुलेको थियो ।

सांसदलाईनैं अनियमितताको आरोप !
सिन्धुली/प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज राजन दाहाल माथि आर्थिक अनियमितताको आरोप लागेको छ । माओवादी जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्ने क्रममा आर्थिक अनियमितताको आरोप जिल्ला पार्टी नेतृत्वलेनैं लगाएको छ ।
जिल्ला इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा बसेको बैठकले पटक पटक ताकेता गर्दा पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएकाले पार्टीको तल्लो कमिटीमा परिपत्र गरेपछि सो तथ्य बाहिर आएको हो ।

पालिका कमिटीहरुमा पठाएको परिपत्रमा भनिएको छः जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय व्याय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निणर्य अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रको क्रममा पनि खाता सञ्चालकलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन । भवन निर्माणबाट बाँकी रकम करिब ४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माको आय व्याय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।
यसैबीच सामाजिक सञ्जालमा माओवादी केन्द्रले तल्लो कमिटीमा पठाएको सर्कुलर भाइरल बनेपछि माननीय दाहालको सचिवालयले प्रष्टिकरण लेखेको छ ।
प्रष्टिकरणको पूणर् बिबरणः

तत्कालिन सिन्धुली जिल्ला इन्चार्ज कमरेड राजन दाहालको नेतृत्व तथा उहाँकै पहलकदमीका कारण कमलामाई ६ सिन्धुलीमा १२ धुर जग्गा पार्टीको नाममा खरिद गरि कार्यालय भवन समेत निर्माण सम्पन्न भैसकेको छ । कमरेड राजन दाहालले तत्कालीन समयका पार्टीको नेतृत्वहरुसित परामर्श गरि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माण अभियानको सुरुवात गर्नु भएको हो । पार्टीको लेटरप्याड तथा सहयोग रसिद बिनानैं सामाजिक संजाल मार्फत सार्वजनिक आव्हान गरेर सहयोग संकलन कार्य गरिएको हो ।
सहयोगको लागि पार्टीका नेता कार्यकर्ता , समर्थक सुभेच्छुक कसैलाई पनि वाध्यकारी बनाइएको थिएन , छैन । सार्वजनिक अपिल गरेर सुरुवात गरेको कार्य भएकोले उक्त अभियानमा स्वेच्छिक सहयोग, स्वेच्छिक सहभागिता रहेकोे छ । जग्गा खरिद गरिसके पछि पार्टी कार्यालय भवन ठेक्का प्रक्रिया बाट निर्माण भएको हो । उक्त कार्यको लागि व्यवस्थापकीय जिम्मेवारी पार्टीको तत्कालीन संगठन बिभाग प्रमुख गणेश रत्न र पार्टीको निर्माण व्यवसायी बिभागका केन्द्रीय सदस्य कमरेड उद्धव प्रसाद दाहाललाई दिइएको थियो । साथै उहाँहरुको सयुक्त दस्तखत सञ्चालन हुनेगरि खाता खोलिएको थियोे । सहयोग गर्ने स्वयमं व्यक्तिहरुकै नाममा रकम डिपोजिट गरिनुका साथै सम्पुणर् कारोबार बैंकिङ प्रणाली मार्फत गरिएको छ । सहयोगी दाताहरुको नामावली बढी रकम दिनेहरुको आधारमा शिलालेखमा राखिएको छ ।
कुनै प्रतिष्ठानको नाममा राज्यको ढुकुटीबाट करोडौं बिनियोजन गर्ने, भवन निर्माणको नाममा भ्रष्टचार गर्ने अनि प्रतिष्ठानलाईनैं पार्टी कार्यालय बनाएर सञ्चालन गर्ने पार्टी र पात्रहरूले उल्टो जनताको स्वेच्छिक सहयोग र कमरेड राजन दाहलको कुशल नेतृत्वमा सम्पन्न भएको पार्टी कार्यालयको बारेमा प्रश्न उठाउने कुनै नैतिक अधिकार नभएको जानकारी गराउदछु स्वेच्छिक सहयोग गर्नेहरूले मात्र हिसाव कितावको बारेमा चासो राख्दा उचित हुनेछ ।
साथै पार्टी कार्यालय निर्माण कार्य सम्पन्न भएपछि बाँकी पैसा जनताको सेवामा समर्पित गर्ने लक्ष्यसित असहमत मित्रहरूले पार्टीको खातामा जम्मा गर्नु पर्छ भन्ने मत संस्थाको ऐन र बिधान विपरित हुने पनि निवेदन गर्न चाहान्छु ।
यता दाहालको सचिवालयले यो सामाग्री पोष्ट गरेको केही क्षणमामा माओवादी नेतृ अम्बिकका खुलाले संस्था कुनै व्यक्तिको निजी सम्पति होइन ? भन्दै वालमा लेखेको प्रतिक्रिया सचिवालयले हटाएको छ । सचिवालयले हालेको पोष्टमा गरिएका नकारात्मक प्रतिक्रियाहरु हटाइएको देखिएको छ ।- यो समाचार सन्देश जनप्रियले गएको बुधवार प्रकाशन गरेको थियो ।