सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् नेकपा सिन्धुलीका नेता प्रल्हाद पोखरेलले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गर्न अपील गरेका छन् ।
जिल्ला सदरमुकाममा मानिसहरुको भिड बढेको र सवारी साधान अत्यन्त धेरै गुड्न थालेका बेला अध्यक्ष पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्ः आजैका मितिबाट तराईका जिल्लाबाट ल्याइने तरकारी पूर्ण रुपमा बन्द गरौं, सुरक्षा निकाय, अस्पताल, विद्युत, टेलिफोन, पानी र दुध बाहेकका सम्पूर्ण सवारी साधान बन्द गरौं, एक महिना गुन्द्रुक खाऔं, पुरानै कपडा लगाऔं ।
उनी अगाडि लेख्छन्ः सम्पति भन्दा तपाई हामी ठूलो हो, जीवन रहे कमाऔंला, रमौंला, सजग रहौं ।
सामाजिक सञ्जालमा कहिल्यै पनि राजनैतिक र गुटगत भन्दा पनि सचेतनामूलक सामाग्री पोष्टगर्दै आएका नेता पोखरेलले दिर्घ रोगी जो नियमित औषधी सेबन गरिरहेका छन्, उनीहरुलाई पनि कम्तिमा २ महिनाका लागि औषधी जोहो गर्न पनि सुझाएका छन् ।
अध्यक्ष पोखरेलले सामाजिक सञ्जालमा पोष्ट गरेको सन्देश, जस्ताको तस्तैः
