भागबन्डा टुङ्ग्याउन लिखित सहमतिको तयारी, नयाँ गठबन्धनको बैठक साढे २ बजे पुनः बस्ने

भागबन्डा टुङ्ग्याउन नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो साढे २ बजे पुनः बस्नेछ । करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको मल्लले जानकारी दिए ।