एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आगामी चैत्र २८ र २९ गते हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।
एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा परिणत भएको छ ।
जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा बसेको पूणर् बैठकले आज बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि चैत्र १८ गते सबै वडाहरुमा, १९ गते समाबेशी क्लस्टरको पालिकामा र २० गते जन संगठनहरुको प्रतिनिधि चयन गर्ने निणर्य गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि बिबिध सांगठनिक एबं राजनीतिक निणर्यहरु गरेको एमाले उपाध्यक्ष कणर् घिसिङले प्रदेशखबरलाई जानकारी दिए ।

May be an image of 8 people

पूणर् बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु विषमालाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, निरु दर्लामी, उमा कोइराला, सुवास देवकोटा लगायतका नेताहरुको उपस्थिति थियो ।
बैठकमा सिन्धुलीमा ९ वटै पालिका कमिटीका अध्यक्षहरुले सांगठानिक अबस्थाको वारेमा रिपोर्ट पेश गरेका थिए ।

May be an image of 10 people and people studying