एमाले बागमती प्रदेश कमिटीले भन्योः दुग्ध उत्पादक किसानहरुको जायज माग पुरा गर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले एक विज्ञप्ती प्रकाशितगर्दै दुग्ध उत्पादक किसानहरुले फागुन २१ गते माईतिघर मण्डलामा हुने बृहत बिरोध सभामा एममालेका नेता, कार्यक्रतालाई सहभागी हुनपनि अपिल गर्नुभएको छ ।
नेता लामाद्धारा जारी बिज्ञप्तीमा दुग्ध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै नेपाल किसान महासंघ र केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा निरन्तर आन्दोलन भैरहेको स्मरणगर्दै उक्त जायज मागहरु तत्कालै पुरा गर्न माग गरिएको हो ।
आज जारी गरिएको बिज्ञप्तीमा भनिएको छः विगत केही समयदेखि अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ । किसानले उत्पादन गरेको दुधको भुक्तानी समयमा नपाएको कारण र त्यसबाट सृजित समस्या जस्तै गाई भैंसीलाई ढुटो, दानाहरु खुवाउन पनि नसकेको अवस्था सृजना भइरहेको छ ।
दुग्ध उद्योगी र सरकारी पक्षसंग निरन्तर छलफल वार्ता भएता पनि कार्यन्वयन नभएको कारणले अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानहरु आन्दोलित छन् । उक्त आन्दोलनमा नेकपा (एमाले) बागमती प्रदेश कमिटी ऐक्यबद्धता जनाउदै किसानलाई समयमा भुक्तानी प्रदान गर्न सरकारसंग जोडदार माग गर्दछ ।
साथै फागुन २१ गते माइतीघर मण्डलामा हुन गईरहेको वृहत विरोध सभामा नेकपा एमालेका सबै नेता कार्यकर्ताहरुलाई जारी किसान आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सहभागी हुन समेत हार्दिक अपिल गर्दछौं, नेता लामाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
सरकार समक्ष १६ बूँदे माग राख्दै उनीहरूले केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान, सुजल डेरीलगायत आधा दर्जन निजी डेरी उद्योगहरूले किसानलाई नदिएपछि आन्दोलनमा जान बाध्य भएको किसानहरुदे बताउँदै आएका छन् ।
उनीहरूले दूधको बाँकी वक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरीरहेका छन् ।