सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।
हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर् जनप्रतिनिधीले आफ्ना छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निणर्य गरेको हो ।
कमलामाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एव्म नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कणर् घिसिङका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन यस्तो निणर्य गरिएको हो ।
कमलामाई नगरपालिकाको शिक्षा शाखा अन्र्तगत ७१ वालविकास र ११२ लेखा एवम् विद्यालय कर्मचारी रहेका छन् भने शिक्षकको संख्या ५६५ रहेको अखिलेखबाट देखिएको छ भने झण्डै १ सय ५० कर्मचारी रहेका छन् ।
कमलामाई नगरपालिकाले गरेको निणर्यले सामुदायिक विद्यालय सुधारमा सकारामत्मक कदम भएको उपप्रमुख मञ्जु देवकोटाले बताइन् । उनले यो निणर्यलाई सबैले कार्यान्वयनमा ल्याउन पहल आवश्यक भएको ठानेकीछन् । कमलामाईको यो निणर्यले सामुदायिक विद्यालय सुधार्न प्रयास गर्नेहरुलाई उत्साहित भएका छन् ।
यस अगाडि सिन्धुलीकै ध्याङलेख गाउँपालिकाले कमलामाई नगरपालिकाकै जस्तो नीतिगत निणर्य गरेको थियो ।