भक्तपुर: अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।
सिन्धुली अस्पताल सिन्धुली लगायत अस्पतालको अब्बल नेतृत्व गर्नु भएकी विशेषज्ञ डा. गौतमले यसअघि नंै दुई पटक भक्तपुर अस्पतालको नेतृत्व गरिसक्नु भएको छ । २०७९ माघ २७ मा ११ औं तहमा बढुवा हुनु भएको विशेषज्ञ चिकित्सक गौतम प्रदेश अन्तर्गत नपर्ने भन्दै संघले काज फिर्ता लिएपछि स्थानीय वासिन्दाहरु आक्रोसित बनेका थिए ।
भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन नेतृत्व लिनुभएकी अस्पताल प्रमुखलाई फिर्ता लिन प्रदेशसँग परामर्श नगरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री संघीय मन्त्रालयसँग असन्तुष्ट बनेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसंगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उहाँलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको हो ।
भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले महत्वका साथ बिकास गरिरहेको छ । डाक्टर गौतम संघीय मन्त्रालयमा तानिएछि भक्तपुर अस्पतालको मेसु भएका डा. त्रिभुवन चन्द्र झालाई भने नुवाकोट सरुवा गरिएको छ । डा. गौतमको नेतृत्वमानैं सिन्धुली अस्पताल २०७४ मा उत्कृष्ठ बनेको थियो भने २०७७ मा भक्तपुर अस्पताल पनि बागमती प्रदेशको उत्कृष्ठ अस्पताल घोषणा भएको थियो ।