सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा गर्न लागिरहेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा गर्न लागिरहेको बताउनु भएको छ । सो कुरा प्रधानमन्त्री दाहालले सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थोली स्थित निर्माणाधिन नगर अस्पतालको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।
आफु १० वर्ष अगाडि दुधौली आउँदा र अहिलेको विकासको अबस्था देख्दा खुशी लागेको बताउनु भयो । सरकारले कृषिमा आधरित भएर रोजगारी सिर्जना गर्न लागिरहेको र अर्थतन्त्रलाई लयमा फर्काउन लागिएको बताउनु भयो । राम्रो सँग खोलाहरुको नियन्त्रण गर्न सकियो भने त्यहाँ ठूलो मात्रामा उब्जाउ भूमि निस्कने बताउँदै प्रधानमन्त्री दाहालले नयाँ बनाउने नीति तथा कार्यक्रम र बजेटमा जनताका मागहरुको सम्बोधन गरिने बताउनुभयो ।
भारत र चिन भ्रमणका गएका बेला कृषि क्षेत्र र उपकरणका लागि के गर्न सकिन्छ भनेर कुराकानी भएको बताउँदै मैंले अन्र्तराष्टिय मञ्चहरुमा आफ्नो कुरा राखेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि अन्र्तराष्टिय समुदायले गरेका प्रतिवद्धताहरु पुरा नगरेको प्रति असन्तुष्टि राख्दै प्रधानमन्त्री दाहालले देश र जनताका लागि काम गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रष्ट पार्नुभएको थियो ।
मिटर व्याज पिडितहरुलाई न्याय दिलाउन ऐन ल्याएको बताउँदै प्रधानमन्त्री दाहालले आफ्नो सरकारले निरन्तर जनपक्षीय काम गरिरहेको दाबी गर्नुभयो । उहाँले अहिले सबैभन्दा बढी विदेशी पर्यटकहरु नेपाल आएको र त्यसको लागि आफुले सकारात्मक काम गरिरहेको बताउनुभयो । -पवन राउत-सिर्थौली, दुधौली