नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै तत्कालिन नेकपा सरकारको कार्यकालमा देशैभर एकै साथ शिलान्यस गरिएको अस्पतालले पूर्णता पाउन लागेकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले त्यस बेला अस्पताल बनाउन लागि पर्ने संविधान सभा सदस्य विषमलाल अधिकारी, पूर्व सांसद गंगा नेपाललगायतको नामै लिनुभएको थियो । उहाँले सबै आग्रह पूर्वाग्रह त्यागेर विकासमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।











