दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले दुधौली नगरपालिकाको सिर्थौलीमा उद्घाटन गरिएको नगरअस्पताल भवनको कामहरु पुरा नभएकाले त्यसलाई पूर्णता दिन र सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण लगायतका सामाग्रीहरु उपलव्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष अनुरोध गर्नुभएको छ ।
उहाँले दुधौलीका विभिन्न वडाहरुमा कृषि उत्पादनलाई बढाउन बृहत सिंचाई आयोजनाको व्यवस्था गरिदिन पनि नगरप्रमुख अधिकारीले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।