कमलामाई नगर क्षेत्रका अन्य पसलहरु खोल्ने तयारी

कमलामाई नगरपालिकाले लामो समयदेखी सिन्धुलीका व्यापार व्यवसाय बन्द रहँदा ठूलो आर्थिक नोक्सानी व्यहोरेको निश्कर्ष निकाल्दै नेपाल सरकारले खोल्न दिने भनि तोकेका व्यवसायहरु सञ्चालन गर्न दिने भएको छ ।
नगरपालिका स्रोतका अनुसार जुत्ता,कपडा, स्टेशनरी कम्प्युटरलगायतका व्यवसाय दैनिक २ घण्टा खोल्न दिने पक्षमा नगरपालिका रहेको छ । पसल भित्रका सामानहरु जोगाउनैं मुस्किल भएको, घरभाडा तिर्नु पर्ने र बैंकको व्याजले व्यापारीहरु ठूलो मारमा परेको निश्कर्ष निकाल्दै नगरपालिकाले केही दिनपछि बस्ने सर्वदलीय बैठकमा उक्त प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ । स्मरणीय छ, नेपाल उद्योग व्यापार महासंघका नेताहरुले थोरै समय भएपनि खोल्न मिल्ने पसलहरु खुलाउन पटक पटक आग्रह गरिसकेको छ ।