कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितको संख्या १३ लाख ४६ हजार भन्दा बढी पुगेको छ ।
सबैभन्दा बढी प्रभावित भएको न्यूर्योकमा २६ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै न्यू जर्सीमा ९ हजार तीन सय भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको जनाइएको छ ।
विश्वमा अहिलेसम्म दुई लाख ८५ हजार भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ भने संक्रमितको कुल संख्या ४१ लाख ७१ हजार भन्दा माथि पुगेको छ ।