तिहारमा भारतीय फुलको आयत रोक्ने गठबन्धन सरकारको निर्णय बिचौलियाको कब्जामा, २० ट्रक भन्दा बढी सयपत्री फुल काठमाडौमा !

फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।
सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता बित्न नपाउँदै राजधानी काठमाडौका बिभिन्न स्थानमा रहेको कोल्ड स्टोर्समा २० ट्रक भन्दा बढी भारतीय सयपत्री फुलहरु भण्डारण गरिएको तथ्य बाहिर आएको छ ।
सरकारी अधिकारीकै मिलेमतोमा व्यापारीले भरतबाट ठूलो मात्रामा सयपत्री फुल ल्याएर भण्डारण गरेको र अहिले नेपाली किसानले उत्पादन गरेको फुलले बजार नपाउने भएपछि यस क्षेत्रमा लागेका किसानहरुको लगानी बालुमा पानी हालेसरह हुने देखिएको हो । समाचार स्रोतका अनुसार राजधानीको वालाजु कोल्ड स्टोर्स, कालिमाटी, कुलेश्वर र पशुपति क्षेत्रमा रहेका गोदामहरुमा ठूलो मात्रामा भारतीय फुलहरु भण्डारण गरेर राखिएको छ । सरकारी अधिकारीलाई कमिशन खुवाएर व्यापारीले २ करोड भन्दा बढीको फुलहरु भण्डारण गरेर राखेको स्रोतले दाबी गरेको छ । नेपाली किसानलाई सहयोग पुग्ने लोकप्रिय निर्णय गरेको सरकारले आफ्नै निर्णयलाई कार्यान्वयनमा ल्याउन नसकेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

तिहारमा भारतबाट सयपत्री फूल आयात गरे कारर्वाही हुने « Drishti News –  Nepalese News Portal

पुष्प व्यवसायी मोहन महत्तो राजधानी काठमाडौमा फुलको बजारीकरणका लागि विभिन्न ठाउँमा पुग्दा भारतीय फुलहरुले गोदाम भरिएको र तपाईको फुल किन्न नसकिने बताएपछि निराश बनेकाछन् । उनले सिन्धुलीको दुधौलीमा डेढ विगाहा जग्गा भाडामा लिएर फुल व्यवसाय गरिरहेका छन् तर यस पटक उनको फुलले बजार नपाएर वारीमैं सुक्ने अबस्थामा पुगेको दुखेसो गरेका थिए । पशुपति क्षेत्रमा भेटिएका उनले भनेः सरकारले भारतीय फुल आयात रोक्छौं भनेपछि हामीहरु उत्साहित भएका थियौं तर नेपाली फुलले बजार नपाएपछि सरकारनैं बिचौलीयाको चंगुलमा फसेको अनुभूति गरेका छौं ।
करिव ९ लाख रुपैयाँको लागतमा तयार भएको सयपत्री फुलले बजार नपाएर बोटमैं सुक्ने अबस्थामा पुगेपछि उनी अहिले निराश भएर सिन्धुली फर्केकाछन् ।
उनी मात्रै होइन, बारा, पर्सा, मकवानपुर चितवन, धादिङ र ललिपुर जिल्लाका फुल व्यवसायी पनि यस पटकको तिहारमा फुलले बजार नपाएपछि निराश बनेका हुन् । नेपाली बजारमा होलसेलमा ५० रुपैयाँमा तयारी माला व्यापारीले किन्न पाएपछि नेपाली पुष्प व्यसायीहरु धरापमा परेका हुन् ।

भारतबाट भित्र्याइयो २ लाख तयारी माला, नेपालमा भने समयमै फुलेन फूल| Nepal  Marga

प्रति माला १ सय १० र होलसेल ९० रुपैयाँ मूल्य निर्धारण गरेको पुष्प व्यवसायीले भारतबाट आएका भन्दा गुणस्तरीय माला र फुलहरु आफुहरुसँग भएपनि त्यसले बजार नपाउने बताउन थालेका हुन् । यता भारतीय फुल र मालामा तत्कालै नसड्ने केमिल प्रयोग हुने भएकाले पनि जनस्वास्थ्यका हिसावले उक्त माला र फुल प्रयोग गर्न नहुने चिकित्सकहरुले सुझाएका छन् । चिकित्सकहरुका अनुसार मानव स्वास्थ्यका लागि हानिकारक मानिएका विषादीहरु भण्डारण गरिएका फुल र मालामा प्रयोग गरिने भएकाले त्यसलाई प्रयोगमा ल्याउन हुँदैन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश सचिव राजेन्द्र कोइरालाले भारतीय फुलले नेपाली व्यवसायीहरु मर्कामा परेको बारे उनले अनविज्ञता प्रकट गरे । उनले सरकार नेपाली फुल व्यवसायीको पक्षमा रहेकाले व्यवसायिक उत्पादनमा सहयोग गरेको बताउँदै भारतीय फुलको आयात रोक्न र सरकारको निर्देशन बिपरित काम व्यापारीलाई कारबाही गरिने दाबी गरे । तर उनले भारतीय फुल नेपालमा ल्याउने व्यापारीलाई के कारबाही हुन्छ ? सो बारे केही बताएनन् ।