पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेको उच्च अधिकारीले बताए । पछिल्लोपटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका थिए ।
प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।
समाचार स्रोतका अनुसार प्रहरीले यसबाहेक प्रसाईका अन्य अभिब्यक्तिको प्रमाण पनि मागेपछि आइन्दा यस्तो नबोल्ने भन्दै माफी मागेको एक प्रहरी अधिकृतले बताए । बयानमा सहभागी ती अधिकृतका अनुसार प्रसाईले भारतीय सञ्चार माध्यममा आएको कुरा आफूले बोलेको तर त्यस्को प्रमाण नरहेको भन्दै गलत अभिब्यक्ति दिएको स्वीकार गर्नुभएको छ ।