सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश घर्ती क्षेत्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरमा कार्यरत ४१ वर्षीय घर्तीको मङ्गलवार साँझ मृत्यु भएको हो । दोलखा भीमेश्वर नगरपालिका ६ घर भई काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका ५ बस्ने क्षेत्रीको एक्कासि प्रेसर घटी हातखुट्टा, ढाँड दुखेकोले बस्तीपुर स्वास्थ्य चौकी हायु टारमा सामान्य उपचार पश्चात् थप उपचारको लागि नेपाल प्रहरी अस्पताल काठमाण्डौं तर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
उपचारको क्रममा लैजाने क्रममा गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा चेक गर्दा डाक्टरले मृत्यु घोषणा गरेको शव पोष्टमार्टको लागि टिचिङ अस्पताल काठमाडौँ तर्फ पठाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।











