गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले गरे कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्परा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालयको २ करोड ३५ लाख २६ हजार ३ सय ९७ रुपैयाँको लगानीमा भवन निर्माण थालिएको अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो । उहाँले एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालिएको बताउँदै गाउँपालिकाले सबै कामहरु आफ्नै भवनबाट सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । केही समयपछि गाउँपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास हुने बताउँदै उहाँले आफ्नो कार्यकालमा यहाँका नागरिकले विकासको भनुभूति गर्ने बताउनुभयो ।

No description available.

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले विकास निर्माणका कोही कसैसँग कुनै पनि संझौता गर्न नसकिने बताउँदै निर्धारित समयमैं काम सम्पन्न गराउन आफु लागि पर्ने उल्लेख गर्नुभयो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष केपी पोखरेल र स्थानीय वासिन्दाको सहाभागिता रहेको थियो ।

No description available.
No description available.