प्रतिनिधिसभाको साेमबारकाे बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवराेध गरेपछि सोमबारकाे प्रतिनिधिसभा बैठक स्थगित भएकाे हाे।
सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।
तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरे। एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मका लागि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।











